Logo

दाहाल, ओली र लामिछानेबीच सिंहदरबारमा आकस्मिक भेटवार्ता, के–के भयो छलफल ?



काठमाडौं, ६ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेबीच सिंहदरबारमा भेटवार्ता भएको छ । उनीहरुबीच पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको बताइएको छ ।

साथै, विभिन्न देशमा रिक्त रहेका राजदूत नियुक्तिका बारेमा पनि छलफल भएको बताइएको छ । एमालेबाट राजदूतमा राजन भट्टराई, युवराज खतिवडा, अर्जुनकुमार कार्की, दावाफुटी शेर्पा, लक्की शेर्पा, उदयराज पाण्डे, निर्मल विश्वकर्मालगायतको चर्चा छ ।

त्यस्तै, तीन नेताहरुको भेटका क्रममा सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री लामिछानेविरुद्ध दायर भएको मुद्दाका विषयमा पनि छलफल भएको बताइएको छ । अधिवक्ता अनुपम भट्टराईले महान्यायाधीवक्ताको कार्यालय र गृहमन्त्री लामिछानेलाई विपक्षी बनाइ रिट दायर गरेका थिए । सो मुद्दामा भोलि पेशी तोकिएको छ ।



प्रतिक्रिया दिनुहोस्