Logo

पार्टी स्थापना दिवसमा रविको स्टाटस्: भीरको बाटोमा सिस्नु समाउँदै हिँडिरहेका छौँ



काठमाडौं,७ असार । उपप्रधान तथा गृहमन्त्री रवि लामिाछानेले आफूहरु भीरको बाटोमा सिस्नु समाउँदै हिँडिरहेको बताएकाछन् ।

रास्वपाको दोस्रो स्थापना दिवसका अवसरमा शुभकामना दिँदै उनले कैयौँ कठिनाइ चिर्दै आफूहरू अघि बढेको स्मरण गरेका छन् ।

“..बाटोमा त कहिले पहिरो जान्छ, कहिले ढुंगा खस्छ । आमनागरिक एवं रास्वपा परिवारका तमाम सदस्य, शुभचिन्तकहरूको आशा र अपेक्षासहितका अग्लाअग्ला पहाडहरू काँधमा बोकेर हामी अहिले भीरको बाटोमा सिस्नु समाउँदै हिँडिरहेका छौँ…,” शुक्रबार सामाजिक सञ्जालमा उनले लेखेका छन् ।

रास्वपाले आज आफ्नो दोस्रो स्थापना दिवस मनाउँदै छ । स्थापना दिवसको अवसरमा रास्वपाले बालाजुस्थित नयाँ पार्टी कार्यालयमा सबै राजनीतिक दलका शिर्ष नेताको सहभागितामा चियापान कार्यक्रम गर्दैछ ।

पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा दिउँसो १ देखि साँझ ५ बजेसम्म चियापान कार्यक्रम आयोजना गरिएको रास्वपाका महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले बताए ।

कार्यक्रममा रास्वपाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहित पूर्वप्रधानमन्त्री, कुटनीतिक नियोगका प्रतिनिधि लगायतलाई आमन्त्रण गरेको छ।



प्रतिक्रिया दिनुहोस्