Logo

रञ्जिताले परिचालित भएर नाउपा अपहरण गरेको रेशमको आरोप (भिडिओसहित)



काठमाडौं, ८ असार । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरीले राजनीतिक दलहरुले गरेको संघर्षमा निर्वाचन आयोगले घन प्रहार गरेको टिप्पणी गरेका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले नाउपाको महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई समेत स्वीकार गरेको भन्दै यस्तो बताएका हुन् । उनले आयोगको निर्णयविरुद्ध कानुनी लडाइँ जारी रहेको बताए । अन्नतः सत्यको जित हुने उनले विश्वास व्यक्त गरे ।

‘तपाईँका पार्टीको अपहरण तपाईँकै धर्मपत्नीबाट भयो नि ?’ भन्ने प्रश्नमा उनले उक्त कुरा सत्य रहेको बताए । नाउपाकी अध्यक्षसमेत रहेकी पूर्वमन्त्री रञ्जिता श्रेष्ठ रेशमकी श्रीमतीसमेत हुन् । उनले परिचालित भएर पार्टीको अपहरण भएको हुनसक्ने धारणा राखे ।

‘यो देखियो । यो असत्य होईन, सत्य नै हो । उनले आफ्नो विवेक प्रयोग गरेर गरिन् या परिचालित भएर गरिन् ? जसले जे गरेपनि संविधानमा आफ्ना हक अधिकार स्थापनाको निमित्त संघर्षरत समुदायमाथि अन्याय भएको छ,’– उनले भने ।

साथै, फरक प्रसंगमा उनले अहिले उदायका कुनै पनि दललाई जनताले सरकारमा जाने म्यान्डेड नदिएको बताए । नयाँ दलहरु जबरजस्ती दैलो उघारेर सरकारमा जाने प्रयन्त गरिरहेको उनले टिप्पणी गरे । ठूला दलहरुमा साना दललाई केही पनि दिनहुन्न भन्ने मानसिकता रहेको पनि उनले बताए ।



प्रतिक्रिया दिनुहोस्