Logo

समिति गठन भएपनि मानेनन् कर्मचारी, प्रतिनिधि सभा बैठक बस्नै सकेन



काठमाडौं,९ असार । सेवा सुविधा थपको मागसहित आन्दोलनमा उत्रिएका संघीय संसद् सचिवालयका कर्मचारीले संसद भवन नयाँ बानेश्वरमा प्रदर्शन गरेका छन् । केहीदिनयता विभिन्न मागसहित आन्दोलन गरिरहेका कर्मचारीहरू संसद भवनअगाडि हातमा कालोपट्टी बाँधेर विरोधमा उत्रिएका हुन् ।

कर्मचारीहरूले संसद् भवनकै परिसरमा आन्दोलन चर्काएपछि बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक अझै सुरु हुन सकेको छैन।

आजको बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट पारित गर्ने तयारी छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको शीर्ष बैठकले संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय र अर्थसचिव मधुकुमार मरासिनी सदस्य रहने गरी समिति गठन गरेको छ।

सो समितिले कर्मचारीको माग सम्बोधनका लागि वार्ता अघि बढाउने बताइएको छ। सभामुख घिमिरेले संसद् सचिवालयका कर्मचारीका मागबारे सम्बद्ध पक्षसँग केही दिनदेखि औपचारिक र अनौपचारिक छलफल गरिरहेका छन्।



प्रतिक्रिया दिनुहोस्