Logo

मेयर बालेनको अत्याचारले सीमा नाघ्दापनि सरकार लम्पसार पर्‍यो: सांसद साह



काठमाडौं । नेकपा एमालेका सांसद किरणकुमार साहले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले अदालतको आदेशलाई लत्याएर कवाडी व्यवसायीमाथि अत्याचार गरेको आरोप लगाएका छन् ।

आइतबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै संसद्को महिला, बालबालिका तथा सामाजिक समितिका सभापतिसमेत रहेका सांसद साहले बालेनको अत्याचारमा सरकार लम्पसार परेको टिप्पणी गरे ।

‘कवाडी व्यवसायीमाथि महानगरको अत्याचारले सीमा नाघ्यो । मेयर बालेनले अदालतको आदेशलाई पालना गरेनन् । उल्टै लत्याए । यस्तो हुँदा पनि सरकार उनीसँग लम्पसार पर्यो’ उनले भने ।



प्रतिक्रिया दिनुहोस्