Logo

भ्रष्टाचारको मुद्दा दायर हुनुअघिनै राजीनामा दिने तयारीमा मुख्यसचिव अर्याल



काठमाडौं,९ असार । नेपाल सरकारका मुख्यसचिव डा बैकुण्ठ अर्यालले पदबाट राजीनामा दिने भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित केही उच्च पदस्थ व्यक्तिमाथि भ्रष्टाचारको मुद्दा दायर गर्ने निर्णय गरेपछि उनले राजीनानमा दिन लागेका छन् ।

आयोगले आजै उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गर्दैछ । त्यसअघि नै उनले राजीनामा दिन लागेका हुन् । राजीनामा दिनेबारेमा उनले भर्खरै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । भेटमा प्रधानमन्त्रीले उनलाई राजीनामा दिन सुझाएको बालुवाटार स्रोतले जनाएको छ ।

अख्तियारले मुख्यसचिव अर्यालविरुद्ध विकल पौडेल जोडिएको सुरक्षण मुद्रण केन्द्रले गरेको अन्तःशुल्क स्टिकर छपाइ घोटालामा भ्रष्टाचार मुद्दा दायर गर्न लागेको हो । 



प्रतिक्रिया दिनुहोस्