Logo

सुशील प्याकुरेलले किन गरे राजदूत पद अस्वीकार, यस्ता छन् कारण



काठमाडौं,९ असार । नेकपा एमालेको कोटाबाट दक्षिण कोरियाको राजदूतमा सिफारिस भएका सुशील प्याकुरेलले राजदूत पद अस्वीकार गरेका छन् ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले उनीसहति ८ देशमा राजदूत सिफारिस गरेको थियो । तर, उनले आफूसँग कुनैपनि सल्लाह नगरेको भन्दै असन्तुष्टि जनाएका छन् ।

उनले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “सिफारिस फिर्ता लिइदिनुहुन विनम्र अनुरोधसहित लेखेको पत्र प्रधानमन्त्री कार्यालयमा विधिवतः दर्ता गराइसकेको छु ।”

प्याकुरेलले आजै प्रधानमन्त्रीको कार्यालयमा पत्र पठाउँदै राजदूत पद अस्वीकार गरेको जानकारी गराएका छन् । उनी यसअघि तत्काली राष्ट्रपति विद्यादेवी भण्डारीको सल्लाहकार थिए । तत्कालीन नेकपाको सरकारले अग्नि सापकोटालाई सभामुख बनाएपछि असन्तुष्टि जनाउँदै उनले राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका छन् ।

यस्तो छ उनले प्रधानमन्त्रीको कार्यालयलाई बुझाएको पत्रको पूर्णपाठ



प्रतिक्रिया दिनुहोस्