Logo

पूरानै तरिकाले सरकार चलाएर भ्रष्टाचार नियन्त्रण गर्न सम्भव छैनः झक्कु सुवेदी



काठमाडौं, १० असार । नेकपा (माओवादी केन्द्र) का नेता एवं राष्ट्रिय सभा सदस्य झक्कुप्रसाद सुवेदीले अब पुरानै तरिकाले सरकार चलाएर भ्रष्टाचार नियन्त्रण सम्भव नरहेको बताएका छन् । आज (सोमबार) राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै उनले अब सरकारले सत्ताको पुरानो निरन्तरतालाई तोड्नुपर्ने र नयाँ क्रमको सुरुवात गर्नुपर्ने बताएका हुन् ।

‘भ्रष्टाचार नियन्त्रण गर्नका लागि सरकारले राज्य सत्ताको पुरानो निरन्तरतालाई तोड्ने र नयाँ क्रमको सुरुवात गर्नुपर्छ । पुरानै तरिकाले सरकार चलाएर अब भ्रष्टाचार नियन्त्रण गर्न सम्भव छैन । देशलाई समृद्ध र जनतालाई आत्म निर्भर बनाउनु सरकारको प्रमुख कर्तव्य हो,’– उनले भने ।

साथै, मुख्यसचिव डा.बैकुण्ठ अर्याल भ्रष्टाचार मुद्दामा डामिएकोप्रति उनले दुःख व्यक्त गरे । उनले व्युरोक्रेसीको प्रमुख व्यक्ति नै भ्रष्टाचारमा मुछिनु गम्भीर रहेको बताए ।



प्रतिक्रिया दिनुहोस्