Logo

कुन महानगरले कति ल्याए बजेट ?



काठमाडौं, १० असार । आर्थिक वर्ष २०८१/०८२ का लागि स्थानीय तहहरुले बजेट ल्याएका छन् । देशभरका विभिन्न स्थानीय तहमध्ये पाँच महानगरपालिकाले पनि बजेट ल्याएका छन् ।

काठमाडौं महानगरले आगामी आर्थिक वर्षको लागि २५ अर्ब ७० करोड ६३ लाखको बजेट ल्याएको छ। उक्त बजेट चालु आर्थिक वर्षको भन्दा १६ करोड बढी हो ।

त्यसैगरी पोखरा महानगरले ७ अर्ब ५१ करोड ३२ लाख ८३ हजार ल्याएको छ। ललितपुर महानगरले ७ अर्ब ४६ करोड, भरतपुर महानगरले ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजार र विराटनगर महानगर ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजारको बजेट ल्याएको छ ।

सबैभन्दा ठूलो आकारमा बजेट ल्याउने महानगरमा काठमाडौं परेको छ भने सबैभन्दा कम बजेट विराटनगर महानगरको रहेको छ ।



प्रतिक्रिया दिनुहोस्