Logo

कांग्रेस सत्तामा हुँदा जे गर्‍यो, एमालेले पनि त्यही गर्‍यो, हिसाव किताब बराबर: सांसद कोइरी



काठमाडौं,११ असार । प्रतिनिधि सभाबाट आज आगामी आर्थिक वर्ष ०८१-८२ को विनियोजित बजेट पारित हुँदैछ । बजेट पारित गर्नका लागि अहिले प्रतिनिधि सभा बैठक जारी छ । आजको बैठकमा परराष्ट्रसहित केही मन्त्रालयको विनियोजित बजेटबारे सांसदले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने र बजेट पारित गर्ने कार्यसूची छ ।

बजेट पारित हुने कार्यसूची सार्वजनिक भएपछि सत्तारुढ दल नेकपा एमाले, माओवादी केन्द्रलगायतले पक्षमा मतदान गर्न ह्वीपनै जारी गरेका छन् भने अन्य दलले पनि पक्षमा मतदान गर्ने तयारी गरेका छन् ।

बजेट पारित हुनैलाग्दा बजेटमा सांसदहरुको असन्तुष्टि पनि चर्कैरुपमा देखा परेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले पूर्वाग्रही राखेर बजेट विनियोजन गरेको आरोप लगाएपछि सत्तारुढ दल एमाले प्रतिकारमा उत्रिएको छ । मंगलबार बसेको बैठकमा एमाले सांसद लक्ष्मी महतो कोइरीले गत साल कांग्रेस सत्तामा हुँदा गरेको व्यवहार सम्झन आग्रह गरे ।

‘कांग्रेसको माननीयज्युहरु बोल्नुभयो यो बजेटको बारेमा । यो भन्दा पहिलेको सालको पूर्व अर्थमन्त्रीज्युले कसरी राख्नुभयो बजेट ? त्यो पनि हेर्नु पर्दथ्यो, उहाँहरुले शेरबहादुरको क्षेत्रमा, प्रकाशशरण महतजीको क्षेत्रमा । अहिलेको हाम्रो मन्त्रीले राख्नुभयो के फरक पर्‍यो ?’ सांसद कोइरीले भने ।



प्रतिक्रिया दिनुहोस्