Logo

युथ लिडरसीप समिट–२०२४ ले जारी गरेको २१ बुँदे घोषणा पत्र सार्वजनिक



काठमाडौं, ११ असार । युवा गैर सरकारी संस्था महासंघ नेपालको पाँचौं महाधिवेशन एवं युथ लिडरसीप समिट–२०२४ सम्पन्न भएको छ । गत असार ८ र ९ गते काठमाडौंको होटल याक एण्ड यतीमा सम्पन्न युथ लिडरसीप समिट–२०२४ ले २१ बुँदे घोषणा पत्रसमेत जारी गरेको छ । महासंघको पाँचौ महाधिवेशनबाट नारायण गिरीको अध्यक्षतामा २७ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरिएको छ । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी महाधिवेशनले चयन गरेको कार्यसमिति र युथ लिडरसीप समिटले जारी गरेको घोषणा पत्रबारे जानकारी गराइएको हो ।

नवनिर्वाचित कार्यसमितिका अध्यक्ष गिरीले युथ लिडरसीप समिटमा ७७ वटै जिल्लाबाट दुई सयभन्दा बढी युवा प्रतिनिधि सहभागी भएको बताए । साथै, सन् २०२५ को मार्चमा यसिया युथ लिडरसीप समिट नेपालमा गर्ने निर्णय भएको समेत अध्यक्ष गिरीले बताए । महासंघले राष्ट्रिय युवा परिषद्को सहकार्यमा ७७ वटै जिल्लामा युवा नेतृत्व तथा व्यक्तित्व विकास अभियान चलाउने पनि उनले बताए ।

अध्यक्ष गिरीले युवा गैर सरकारी संस्था महासंघ नेपालले राज्यसँग सहकार्य, साझेदारी, पहरेदारी र खबरदारी गर्दै आएको बताए । नेपालमा पहिलोचोटी देशभरमा रहेका युवा संस्थाहरुको सहभागितामा युथ लिडरसीप समिट सम्पन्न भएको बताए । ‘युथ लिडरसीप समिट–२०२४ व्यापक छलफलका साथ होटल याक एण्ड यतीमा सम्पन्न गरेका छौं । देशभरका युवाहरु, सामाजिक क्षेत्रमा काम गर्ने युवा, संघ संस्थाका साथीहरु मात्रै होईन, सामाजिक, आर्थिक, राजनीतिक क्षेत्रमा जोडिएका विभिन्न साथीहरुको बीचबाट विभिन्न कुराहरुको आधारमा घोषणा पत्र जारी गरिएको छ,’– उनले भने ।

नीति बनाउनेदेखि कार्यान्वयन गर्ने तहसम्म घोषणा पत्रले जारी गरेका कुराहरु पुर्याउने पनि उनले बताए । युवामैत्री शासन व्यवस्थाको लागि दवाब दिन घोषणा पत्र जारी गरिएको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्