Logo

गृहमन्त्रीलाई रामहरिले भने: अरु नगरेपनि विपद्को फाइल खोलिदिनुस्



काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले विपद्को प्रतिकार्यमा सरकारले ध्यान पुर्याउन नसकेको बताएका छन् ।

बिहीबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोलद्ै खतिवडाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई अन्य कुनै पनि काम नगरेपनि कम्तिमा विपद्का फाइल खोल्न आग्रह गरेका छन् ।

उनले भने, ‘गत वर्ष पनि विपद्का धेरै घटना भए, एक वर्षसम्म गृह मन्त्रालय अन्तर्गत विपद् प्राधिकरणबाट हुने कुनै काम भएको छैन । ती घरलाई व्यवस्थापन गर्न र पीडितलाई पुनर्वासको व्यवस्था गर्न सरकारसँग अनुरोध गर्छु । गत वर्ष भएका विपद्का फाइलहरू गृह मन्त्रालयमा थन्किएर बसेका छन् । म गृहमन्त्रीलाई अनुरोध गर्छु, तपाईँ फाइल धेरै हेरिराख्नुभएको छ । कमसेकम विपद्मा परेका फाइलहरू जनतालाई राहत दिने र पुनर्स्थापना गर्ने फाइलहरूमा पनि ध्यान जाओस् ।’



प्रतिक्रिया दिनुहोस्