![](https://reportersnepal.com/wp-content/uploads/2023/08/oli-prachanda-deuba_H3VWh0StQv-768x393.webp)
काठमाडौं,१३ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आज छलफल गर्दैछन् । तीन नेताबीचको छलफल केहीबेरमा सिंहदरबारमा सुरु हुनेछ ।
प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा केहीबेरमा छलफल सुरु हुने नेताहरूले बताएका छन् । शीर्ष नेतासँगै ती दलका प्रमुख सचेतकहरूलाई पनि बैठकमा बोलाइएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्रीले बोलाएको उक्त छलफलमा टीआरसी विधेयक लगायतका समसामयिक विषयमा कुराकानी हुने बुझिएको छ ।