![](https://reportersnepal.com/wp-content/uploads/2024/07/sher_bhadur_deuba_11zon-768x461.jpg)
काठमाडौं,१७ असार । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठक जारी छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बैठक सुरु भएको हो ।
शनिबार साँझ देउवा-ओलीको बालकोट भेटपछि सत्ता समीकरण फेरिनसक्ने चर्चाबीच बोलाइएको कांग्रेसको बैठकलाई चासोका साथ हेरिएको छ ।
पछिल्लो समय ओलीसँग देउवाको बाक्लिएको भेटले दुई ठूला दल कांग्रेस र एमालेबीच नयाँ सत्ता समीकरणको सम्भावना बढेर गएको छ ।