Logo

ओली निवास बालकोटमा सुरक्षार्थ खटिएका सशस्त्रका इन्स्पेक्टर उमेश थापा मृत फेला



काठमाडौं, २२ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीका इन्स्पेक्टर उमेश थापाको मृत्यु भएको छ । सुतिरहेको ठाउँमा आज विहान ५ बजे उनलाई बेहोस अवस्थामा फेला पारिएको बताइएको छ । लगत्तै भक्तपुर अस्पताल पुर्याउँदा चिकित्सकहरुले उनलाई मृत घोषणा गरेका थिए ।

मृत्युको कारण एकिन भइनसकेपनि हृद्धय घातका कारण मृत्यु भएको हुनसक्ने प्रारम्भिक निश्कर्ष रहेको छ । शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ ।



प्रतिक्रिया दिनुहोस्