Logo

मधेशका मुख्यमन्त्री सिंहले माओवादीसहित चार दललाई सरकारबाट हटाए, छ मन्त्री बर्खास्त



काठमाडौं, २२ असार । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले छ मन्त्रीहरु बर्खास्त गरेका छन् । आज (शनिबार) प्रदेश सभाबाट विश्वासको मत लिनुअघि उनले चार दललाई सरकारबाट हटाउँदै मन्त्रीहरु बर्खास्त गरेका हुन् ।

मुख्यमन्त्री सिंहले नेकपा (माओवादी केन्द्र) नेकपा (एकीकृत समाजवादी) नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई सरकारबाट हटाउँदै सो दलबाट सहभागी मन्त्रीलाई बर्खास्त गरेका छन् ।

गत जेठ २५ गते छ दलको समर्थनमा मुख्यमन्त्री बनेका सिंहले प्रदेश सभाबाट आज विश्वासको मत लिँदैछन् । कांग्रेस–एमालेसँग भएको सहमतिअनुसार उनले मन्त्रीहरु बर्खास्त गरेर चार दललाई सरकारबाट हटाएको बताइएको छ । कांग्रेस–एमालेले मुख्यमन्त्री सिंहलाई विश्वासको मत दिने भएका छन् ।



प्रतिक्रिया दिनुहोस्