Logo

कांग्रेस संसदीय दलको बैठक जारी



काठमाडौं, २२ असार । नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा संसदीय दलको बैठक जारी रहेको हो ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले लिने विश्वासको मत र नयाँ सरकार गठन लगायत राजनीतिक परिस्थितिबारे छलफल गर्दै कांग्रेस–एमालेबीच नयाँ सत्ता समीकरणका विषयमा भएको सहमतिबारे सांसदहरूलाई जानकारी गराइने बताइएको छ ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विस्थापित गर्ने गरी कांग्रेस र नेकपा एमालेले नयाँ सत्ता समीकरणको सहमति गरेपछि पहिलो पटक कांग्रेस संसदीय दलको बैठक बसेको हो । फोटोः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्