Logo

एकीकृत समाजवादीको बैठक भोलि फेरि बस्ने



काठमाडौँ, २२ असार । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को आज बसेको प्रथम बैठक भोलि विहान ११ बजे बस्ने गरी स्थगित भएको छ ।

बैठकले १०औँ राष्ट्रिय महाधिवेशनको प्रारिम्भक समीक्षा गर्दै महाधिवेशनले सम्पूर्ण नेपालीको ध्यानाकर्षण गराउन सफल भएको निष्कर्ष निकालेको छ सो पार्टीले जनाएको छ । बैठकले महाधिवेशन भव्यताका साथ सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।

बैठकले अर्को व्यवस्था नहुन्जेलसम्म तत् जिम्मेवारीलाई निरन्तरता दिने अन्तरिम व्यवस्था गरेको प्रचार विभाग प्रभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

भोलि बस्ने बैठकले कमिटलाई पूर्णता दिन मापदण्ड बनाएर अघि बढने प्रचार विभाग प्रमुख खतिवडाले जानकारी गराए ।



प्रतिक्रिया दिनुहोस्