Logo

सशस्त्रका इन्स्पेक्टर उमेश थापाको निधनप्रति ओलीद्वारा दुःख ब्यक्त



काठमाडौं, २२ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सशस्त्र प्रहरीका इन्स्पेक्टर उमेश थापाको निधनप्रति दुःख व्यक्त गरेका छन् । ओली निवास बालकोटमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीका इन्स्पेक्टर थापाको आज विहान निधन भएको थियो । उनलाई सुतिरहेको ठाउँमा आज विहान ५ बजे उनलाई बेहोस अवस्थामा फेला पारिएको र लगत्तै भक्तपुर अस्पताल पुर्याउँदा चिकित्सकहरुले मृत घोषणा गरेको बताइएको थियो ।

मृत्युको कारण हृद्धय घातका हुनसक्ने प्रारम्भिक निश्कर्ष रहेको छ । ओलीले मृतक थापा हिजो साँझ घर गएको बताएका छन् । उनले मृतक थापाको परिवारमा समवेदना व्यक्त गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्ः
धेरै नबोल्ने र लजालु स्वभाव। काममा जहिले पनि तम्तयार । सुरक्षामा खटिएका सशस्त्र प्रहरीका इन्स्पेक्टर भाइ उमेश थापाको निधनको खबरले दुःखी छु। आज म बाहिरका कुनै पनि कार्यक्रममा सहभागी भइनँ । हिजो साँझ छुट्टिएर आफ्नै घर गएका उमेश भाइको बिहान निधनको खबर आयो। परिवारजनमा समवेदना व्यक्त गर्दछु ।



प्रतिक्रिया दिनुहोस्