Logo

रोटरी क्लब अफ ललितपुरको अध्यक्षमा अनिश बज्राचार्य चयन



काठमाडौं, २२ असार । रोटरी क्लब अफ ललितपुरको अध्यक्षमा अनिश बज्राचार्य चयन भएका छन् । क्लबको २७औं पदस्थापन समारोह सम्पन्न भएको छ । क्लबको आगामी एक वर्षको कार्यकालको नेतृत्व रोटरियन बज्राचार्यले गर्नेछन् ।

रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानका पूर्व गभर्नर रत्नमान शाक्यको प्रमुख आतिथ्य, ऐसिस्टेन्ट गभर्नर, डिस्ट्रिक्टका अधिकारी, अन्य क्लबका आमन्त्रित रोटरियन तथा क्लबका पदाधिकारी र सदस्यहरुको उपस्थितिमा पदस्थापन समारोह सम्पन्न भएको थियो ।

रोटरी क्लब अफ ललितपुर सन १९९७ नोभेम्बर १२ तारिकमा ३६ जना सदस्यका साथ स्थापना भएको थियो ।



प्रतिक्रिया दिनुहोस्