Logo

केपी ओलीलाई प्रधानमन्त्री बनाउने कुरामा तलमाथि हुँदैन, कांग्रेसले धोका दिँदैनः रामहरि खतिवडा



काठमाडौं, २३ असार । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संविधानको धारा ७६ (२) अनुसार नै एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने बताएका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले मुलुकलाई निकास दिन कांग्रेसले ठूलो छाती बनाएर ओलीलाई दुई वर्षका लागि प्रधानमन्त्री बनाउने निर्णय गरेको बताएका हुन् ।

‘म प्रचण्डज्यूलाई अनुरोध गर्न चाहन्छु– तपाईँले गरेका सबै काम कानुनसम्मत, विधिसम्मत, संविधानसम्मत, देशका लागि जनताका लागि हुने । त्यही काम अरुले गरे भने प्रतिगामी बाटोतिर गयो, ०४७ सालतिर गयो, यो ठीक हुँदैन भन्ने । यो भाष्यबाट अब हामी माथि उठ्नुपर्छ ।

कांग्रेस–एमाले मिलेर बनेको सरकार जनताको काम गर्नका लागि रहेको उनले बताए । नेता खतिवडाले कांग्रेस–एमालेको सरकारले सबै दलसँग संवादको ढोका खुल्ला गरेर काम गर्ने उनले बताए । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई दुई वर्षको अवधिसम्म प्रधानमन्त्री बनाउने कुरामा तलमाथि नहुने उनको भनाइ छ । उनले कांग्रेसले बोलेको कुरामा तलमाथि नगर्ने बताए ।

‘जे बोल्यो, बोलेको कुरा पूरा गर्ने एउटामात्र पार्टी कांग्रेस हो । धोकाको राजनीति कांग्रेसबाट हुँदैन । हिजो पनि हामीले धोका कसैलाई दिएका छैनौं, आज पनि दिँदैनौं,’– उनले भने । File Photo/RN



प्रतिक्रिया दिनुहोस्