Logo

सांसद शर्माको प्रचण्डलक्षित अभिव्यक्तिः ‘..झिरैमा उनेको माछीको हाल भो’



काठमाडौं, २३ असार । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लक्षित गर्दै संसद् बैठकमा रामकृष्ण ढकालको गीत ‘ओराली लागेको हरिणको चाल भो’ सुनाएका छन् । उनले आफूले उक्त गीत आगामी असार २८ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिन लागेको प्रधानमन्त्री प्रचण्डप्रति समर्पित गरेको पनि बताए ।

सांसद शर्माले यस गीतमा कुनै नियम आपत्ति भए डिलिट गर्दा पनि कुनै आपत्ति नरहेको बताए । उनले प्रचण्ड नेतृत्वको सरकारमा मेडिकल शिक्षा र ट्याक्स प्रणालीमा सुधार गरी जम्मा दुईवटा मात्रै राम्रा काम गरेको बताए ।

प्रचण्ड नेतृत्वको सरकारको पालामा अन्य केही काम नभएको र विदेशबाट हुर्रामुर्रामात्रै आएको उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्