Logo

मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघ काठमाडौंद्वारा आयोजित कर अभिमुखीकरण कार्यक्रम सम्पन्न



काठमाडौं, २३ असार । नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघ उपत्यका कार्यसमिति काठमाडौंद्वारा आयोजित कर अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । उद्योग बाणिज्य संघ ,टेकु,अडिटोरिएम हलमा शनिबार आयोजित कार्यक्रममा कार्यक्रम आयोजना गरिएको थियो । सो कार्यक्रममा ६६ जना सदस्यहरुले सहभागिता जनाएका थिए ।

कर तथा लेखा अभिमुखीकरण तालिम संघका अध्यक्ष राजेन्द्र महर्जनको सभापतित्वमा कार्यक्रम भएको थियो । कार्यक्रममा प्रमुख अतिथि नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष एबं बस्तुगत परिषदका सभापति हेमराज ढकाल, विशिष्ट अतिथिमा संघका केन्द्रीय अध्यक्ष निमनाथ फुयाल, नेपाल उद्योग बाणिज्य माहासंघ, कानुन न्याय तथा संसदीय उपसमितिका सभापति तथा पूर्व अध्यक्ष सुनिल गोपाल श्रेष्ठ, निवर्तमान अध्यक्ष हरिप्रसाद भण्डारी, पूर्व अध्यक्ष रामेश्वर पराजुली, कर अधिकृतहरु र सीएको उपस्थिति रहेको थियो ।

कार्यक्रमको संयोजन तिलक बहादुर श्रेष्ठ, राजकृष्ण दाहाल, बालकृष्ण श्रेष्ठ, मिलन रायमाझीलगायतले गरेका थिए । कार्यक्रममा सहभागीहरुले कर तथा लेखासँग सम्बन्धित समस्या र अस्पष्टाबारे चासो राखेका थिए । अभिमुखीकरण कार्यक्रमले उधोगीहरुलाई थप हौसला प्रधान गरेको सहभागीहरुको प्रतिक्रिया थियो ।



प्रतिक्रिया दिनुहोस्