Logo

राप्तीका मेयर लामा सवार गाडीमा आक्रमण



काठमाडौं । चितवनको राप्ती नगरपालिकाका मेयर शमसेर लामा सवार गाडीमा आक्रमण भएको छ ।

आइतबार राती लामा सवार गाडीमा आक्रमण भएको प्रहरीले जनाएको छ ।

आइतवार राति अन्दाजी सवा ९ बजे वडा नं २ स्थित बुद्धशान्ति माविको पछाडि लामा सवार बा २ झ ३६६६ नम्बरको स्कार्पियो गाडीमाथि आक्रमण भएको हो । आक्रमणबाट गाडीको पछाडिको भागको सिसा फुटेको छ । उनी भने सकुशल छन् ।

लामा गत वर्षको स्थानीय तह निर्वाचनमा नेकपा एकीकृत समाजवादीको तर्फबाट मेयरमा निर्वाचित भएका थिए । तर, लामा र वडाध्यक्षहरुका बीचमा लामो समयदेखि विवाद हुँदै आएको छ ।

विवादका कारणले नगरसभासमेत भएको छैन् । केही समय अगाडि लामाकै माग अनुसार जिल्ला सुरक्षा समितिले उनको सुरक्षाका लागि एक जना पिएसओ समेत खटाएको छ ।



प्रतिक्रिया दिनुहोस्