Logo

सहकारी काण्ड खोजविन गर्ने हो भने गृहमन्त्री लामिछाने जेल जानुहुन्छः एमाले नेता भट्टराई (भिडिओसहित)



काठमाडौं, २४ असार । नेकपा (एमाले) का नेता विशाल भट्टराईले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पदमा रहँदा केही काम गर्न नसकेको टिप्पणी गरेका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले गृहमन्त्री लामिछानेले आफ्नो कार्यकालको पूरै अवधि फाइल खोल्छु भनेरै विताएको बताएका हुन् । भ्रष्टाचारको फाइल खोल्न सुरु गरेपछि सत्ता समीकरणमा परिवर्तन आयो भनी गृहमन्त्री लामिछानेले केही समय अघि दिएको अभिव्यक्तितर्फ लक्षित गर्दै उनले गृहमन्त्री लामिछानेलाई ‘उम्केको माछो ठूलो’ लागेको टिप्पणी गरे ।

गृहमन्त्री लामिछानेले तीनवटा फाइल खोल्दा सबै नेता जेलमा हुन्छन् भनेर भाषण गरेको दाबी गर्दै नेता भट्टराईले छानविन गर्ने हो उनी आफैं सहकारी काण्डमा सबैभन्दा पहिला जेल पर्ने टिप्पणी गरे । गृहमन्त्री लामिछानेले आफ्नो पूरै कार्यकाल हावादारी गफ गरेर विताएको उनको आरोप छ ।

‘हाम्रो पहाडतिर खोलामा माछा मार्न गएको मान्छेले माछो कुरभित्र लुक्यो भने यस्तो गतिलो थियो, मैले च्याप्पै समातिसकेको थिए, चिप्लिहाल्यो भन्ने चलन छ । उम्केको माछो ठूलो । उम्केको माछो ठूलो जस्तो कुरा रविजीले गर्नुभयो । यत्रो समय गृहमन्त्री हुनुभयो, के हेरेर बस्नुभयो त ? फाइल खोल्छु, फाइल खोल्छु । उहाँले त अझ के भाषण गर्नुभएको थियो भने तीनवटा मात्रै फाइल खोले भने सब नेता जेल जान्छन् भन्नुभएको थियो । देखियो परिस्थितिले कस्तो भन्नुहुन्छ भने साँच्चै खोजविन गर्ने हो भने सबैभन्दा पहिला उहाँ नै जानुहुने रहेछ, सहकारीको केसमा । उहाँको हावादारी गफ रहेछ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्