Logo

सहकारी काण्डले रवि लामिछानेको ‘धोती फुस्कियो’ भनेपछि…



काठमाडौं । नेपाली कांग्रेसकी सांसद शान्ति विकले सहकारीको रकम हिनामिना प्रकरणले गृहमन्त्री रवि लामिछानेको धोती फुस्केर सम्हाल्न नसक्ने अवस्थामा रहेको टिप्पणी गरेकी छिन् ।

सोमवार बसेको प्रतिनिधि सभा बैठकमा कांग्रेस सांसद विकले धोती फुस्केको भनेपछि रास्वपा सांसद मनिष झाले संसद्मा नियमापत्ति गरेका छन् । ‘धोती’ शब्द मधेशीलाई होच्याउन प्रयोग गरिएको भन्दै उनले सो शब्द संसद्को रेकर्डबाट हटाउन माग गरे ।

‘गृहमन्त्रालय एक्सनमा उत्रिएर फाइल खोल्न थालेपछि ठूला दल डराएर एक ठाउँमा उभिए भनेर गृहमन्त्रीले भनेको सुनियो । फागुन २३ देखि आजसम्म एक्सनमा उत्रिन कसले रोक्यो रु’ सांसद विकले भनिन्, ‘सहकारीको अर्बौं रकम हिनामिना काण्डले आफ्नै धोती फुस्केर सम्हाल्न नसकिरहेको बेला फाइल खोल्ने कुरा कसैले पत्याउनेवाला छैनन् ।’

सांसद विकले प्रयोग गरेको धोती शब्द सम्बन्धमा सभामुख देवराज घिमिरेले ध्यानाकर्षण भएको बताए । यस विषयमा पछि निर्णय गरिने सभामुखले बताए ।



प्रतिक्रिया दिनुहोस्