Logo

प्रचण्डजीको शंकास्पद गतिविधिका कारण एमाले-कांग्रेसको गठबन्धन बन्योः युवराज ज्ञवाली



काठमाडौं, २४ असार । नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को शंकास्पद गतिविधिका कारण माओवादीसँगको सत्ता समीकरण टुटेको बताएका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले एमाले–एमालेको समीकरणलाई निरन्तरता दिनुपर्ने भएपनि प्रचण्डको शंकास्पद गतिविधिले सम्भव नभएको बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्ड भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी भएर फर्किएपछि सत्तारुढ दल एमालेसँग सल्लाह नै नगरी कांग्रेस सभापति शेरबहादुर देउवासँग राष्ट्रिय सहमतिको सरकार गठन गर्नेबारे छलफल गरेको एमालेको आरोप छ ।

‘हाम्रो अध्यक्षलगायत हामी सबैले त्यो सरकारलाई ०८४ को चुनावसम्म पुर्याउने भनेका थियौं । ०८४ को चुनावसम्म पुग्दा एमालेले आफ्नो स्थितिलाई अनुकूल बनाएर बहुमत ल्याउने गरी तयार गर्ने भनेर हामी लागेका थियौं । तर, प्रचण्डजीको गतिविधि शंकास्पद भयो । त्यसो भएको हुनाले यो अवस्थामा पुग्नुपर्ने अवस्था बनेको हो,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्