Logo

केही चिकित्सकहरुले कन्सल्टेन्सीमा एजेण्डको काम गरिरहेको भन्दै काउन्सिलमा उजुरी, दर्ता रद्द गर्न माग



काठमाडौं, २४ असार । मेडिकल काउन्सिलको ऐन, नियम तथा पेशागत आचरण र आचार संहिता विपरीत केही चिकित्सकहरुले कन्सल्टेन्सी ब्यबसायमा शैक्षिक परामर्श गरी विद्यार्थीहरुलाई विदेश पठाउने कार्य गरेको भन्दै नेपाल मेडिकल काउन्सिलमा उजुरी परेको छ । चिकित्सकको दर्ता लाईसेन्स विशुद्ध चिकित्सकीय पेशा गर्नलाई मात्रै प्रदान गरिने उजुरीकर्ताहरुको दाबी छ । उक्त विषय मेडिकल काउन्सिलको आचार संहिता उल्लङघनमा पनि समावेश गरिएको उजुरीमा उल्लेख छ ।

उजुरीकर्ताहरुले दर्तावाल चिकित्सकले आफ्नो नामलाई निहित स्वार्थका लागि सम्पूर्ण चिकित्सक पेशालाई वदनाम गर्ने उदेश्यले अर्कै फरक विषयको संस्था व्यवसाय पेशामा संलग्न रही विद्यार्थीहरुलाई विदेश पठाउने कार्य गरेको दाबी गरेका छन् । उनीहरुले यसलाई काउन्सिलको आचार संहिताको घोर उल्लङ्घन भनेका छन् । यस प्रकारका गतिविधिले पेशाको नै बदनाम गराएको उनीहरुको दाबी छ ।

उजुरीकर्ताहरुले चिकित्सकिय पेशाको मर्यादाविपरीत त्यस्ता काममा संलग्नहरुलाई कारबाही गरी उनीहरुको दर्ता रद्ध गरिनुपर्ने माग गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्