Logo

कांग्रेस-एमालेले प्राप्त उपलब्धिमाथि गिद्धेनजर लगाएभने सशक्त प्रतिवाद हुन्छः माधव सापकोटा



काठमाडौं, २४ असार । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य माधव सापकोटाले संविधान संशोधनको नाममा कांग्रेस–एमाले प्राप्त उपलब्धिमाथि गिद्धेनजर लगाएको खण्डमा सशक्त प्रतिवाद गर्ने बताएका छन् । आज (सोमबार) प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले जनताका अधिकारलाई सुदृढ गरेर, समयानुकूल परिवर्तन र संशोधन गर्दै जाने कुरामा आफूहरु पछि नहट्ने बताएका हुने । तर, प्राप्त उपलब्धिमाथि हमला गर्ने, खोसिने, कटौती गरिने, गिद्धेनजर लगाउने काम भएको खण्डमा सशक्त प्रतिवादमा उत्रिने उनको चेतावनी छ ।

उनले पश्चगामी सोचाइका साथ कांग्रेस–एमालले संविधान संशोधन गर्न खोजेको आशंका व्यक्त गरे । संविधानमाथि गिद्धेनजर लगाएको खण्डमा संसद् र सडकबाट प्रतिवाद हुने उनको चेतावनी छ । उनले सम्बन्धित अधिकार प्राप्त गरेका जाति, समुदाय, क्षेत्र, लिंग, वर्गले पनि संविधान संशोधनको विरुद्धमा प्रतिवाद गर्ने दाबी गरे । प्राप्त अधिकार हनन गर्ने, खोस्ने र संविधानको सुन्दरतामाथि हमला गर्न कार्य स्वीकार्य नरहेको उनको भनाइ छ । File Photo /RN



प्रतिक्रिया दिनुहोस्