Logo

देउवाबाहेक अरुलाई प्रधानमन्त्री बनाउन खोज्नु उपयुक्त हुँदैनः कृष्णप्रसाद सिटौला



काठमाडौं, २५ असार । नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले पार्टीमा आजको दिनमा सभापति शेरबहादुर देउवाबाहेक अरुलाई प्रधानमन्त्रीको रुपमा अगाडि सार्नु उपयुक्त नहुने बताएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आगामी महाधिवेशनपछिको अवस्था अर्कै हुने भएपनि आजको दिनमा देउवाको विकल्प खोज्नु उपयुक्त नहुने उनले बताए ।

‘अब देउवालाई होईन सांसदीय दलको नेता परिवर्तन गरेर शेखर कोइरालालाई प्रधानमन्त्री बनाउनुपर्छ भन्ने लविङ पनि सुरु भएको छ नि ?’ भन्ने प्रश्नको जवाफ दिँदै उनले भने, ‘त्यो उपयुक्त हुँदैन । मेरो आजको बुझाइ के छ भने पार्टीभित्र महाधिवेशनमा प्रतिस्पर्धा आफ्नो ठाउँमा रह्यो । तर, आजको दिनमा त्यस्तो बाटो कसैले पनि जान हुँदैन । त्यो उपयुक्त बाटो हुँदैन । यतिबेला कांग्रेसका कुनै पनि नेताहरुले आफू केन्द्रीत राजनीति गर्न हुँदैन ।’



प्रतिक्रिया दिनुहोस्