Logo

चिनियाँ परियोजना बीआरआई ऋणमा लिन नहुनेबारे कांग्रेसभित्र एकमत



काठमाडौं, २५ असार । नेपाली कांग्रेसको पदाधिकार तथा पूर्व पदाधिकारीहरुको बैठकले चिनियाँ परियोजना वेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) ऋणमा लिन नहुने निश्कर्ष निकालेको छ । कांग्रेस नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले केही दिनअघि बसेको पार्टी पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकमा ऋणको भार बढाउन हुँदैन भन्नेमा सबै जनाले समर्थन जनाएको बताएका हुन् ।

नेता सिटौलाले आफूहरुले ठूला प्रोजेक्टहरुमा ऋण नभएर अनुदान चाहेको बताए । पार्टी बैठकमा ऋण नै लिनुपरे वर्ल्ड बैंक, एडीबीजस्ता संस्थाबाट लिनुपर्ने धारणा बनेको उनले सुनाए ।

‘अस्ती हाम्रो पार्टी सभापतिले पदाधिकारी, पूर्व पदाधिकारी सबैलाई बोलाएर छलफल राख्नुभएको थियो । सबै साथीहरुको एकमत छ, बीआरआईमात्रै होईन, हामी ठूला प्रोजेक्टमा अनुदान चाहन्छौं । हामी ऋण चाहीँ चाहँदैनौं । ऋणको भार बढाउँदै जानु हुँदैन भन्ने हाम्रो मान्यता हो । ठूला प्रोजेक्टमा अन्य राष्ट्रबाट ऋण लिनु हुँदैन । बरु एडीबी, विश्व बैंकबाट लिनुपर्छ भन्ने कांग्रेसभित्र एकमत बनेको छ,’– उनले भने । File Photo/RN



प्रतिक्रिया दिनुहोस्