Logo

संसद्मा हिजो गीत गुञ्जियो, आज कविता



काठमाडौं,२५ असार । प्रतिनिधि सभा बैठक जारी छ । आजको बैठकमा पनि सोमबारझै सांसदहरुले सरकार अल्पमतमा परेको भन्दै राजीनामा माग्नेदेखि गीत र कविता सुनाउनेसम्मको काम गरिरहेका छन् । सोमबार सत्तारुढदेखि प्रतिपक्षी सबैदलका सांसदहरुले गीतमार्फत सवाल जवाफ गरेकोमा आज पनि त्यस्ले निरन्तरता पाएको छ ।

मंगलबारको बैठकमा कांग्रेस सांसद ईश्वरीदेवी न्यौपानेले कवितामार्फत बाढी, पहिरो पीडितको समस्याबारे सरकारको ध्यानाकर्षण गराएकी छन् ।

कविताको लयमा न्यौपानेले भनेका कुरा यस्ता छन् ।

सिद्धान्त र प्राथमिकता एउटाको, बजेट आयो अर्काको
कार्यान्वयन गर्ने अब अर्कैले
४ महिनाभित्र घटेका देशका घटना हुन यी
सरकार बनाउने र बचाउने सबैको ध्यान त्यसैमा छ
कसलाई सुनाउँ मनसुनी र बाढीको वितण्डा र यस्ले बनाएको अस्तव्यस्त जनजीवन
उद्धार कस्ले गर्ने मेरो क्षेत्र पूरै डुवानमा छ
वर्षात्का कारण समून्द्रमाथि घर छ त्रिपालमूनि बास
सबैलाई त्यहि छ पेटभर्ने चिउरा र चाउचाउको आस
टीकापूर, भजनी र जोशीपुर र जानकी
सधैंको यो पीडा भोगाई र नियति
बाढी आउँछ, जान्छ वितण्डा मच्चाउँछ,
क्षणभरमै तहसनहस बनाउँछ
सरकारसँग मेरो अनुरोध छ
अब त स्थायी समधान खोजौं
विपत्त आउनुअघि नै त्यो विपत्त रोकौं ।।



प्रतिक्रिया दिनुहोस्