Logo

रास्वपाबाट निकालिएका मुकुल ढकालले आज पत्रकार सम्मेलन गर्ने



काठमाडौं,२६ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकालले आज आफ्नो कुरा राख्ने भन्दै सञ्चारकर्मीलाई बोलाएका छन् ।

पत्रकार सम्मेलन नै नभने पनि उनले आफ्ना कुरा राख्ने भन्दै दिउँसो ३ बजे अनामनगरस्थित एक रेस्टुरेन्टमा मिडियाकर्मीलाई बोलाएका हुन् ।

पार्टी हितविपरीत गतिविधि गरेको भन्दै मंगलबार केन्द्रीय समिति बैठकले ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्य पदबाट निष्काशित गरेको थियो । त्यसपछि उनले आफू रविको क्लबबाट निकालिएको प्रतिक्रिया दिएका थिए ।

सोअनुरूप आज उनले काठमाडौँको अनागनगरस्थित टिमुरे रेस्टुरेन्टमा पत्रकार सम्मेलन गरी आफ्ना कुरा राख्न लागेका हुन्। पत्रकार सम्मेलन दिउँसो ३ बजे आयोजना गरिने डा. ढकालले बताएका छन्।



प्रतिक्रिया दिनुहोस्