Logo

परिणाम दिन सक्ने व्यक्तिलाई मात्र मन्त्री बनाउने एमालेको निर्णय



काठमाडौं,२६ असार । नेकपा एमालेले काम गर्न सक्ने सांसदलाई मात्र मन्त्री बनाउने भएको छ । आज बसेको सचिवालय बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने सरकारमा परिणाम दिन सक्ने व्यक्तिलाई मात्र मन्त्री बनाउने निर्णय भएको हो ।

२८ असारमा प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका विश्वासको मत मागेपछि सरकार गठन प्रक्रिया अघि बढ्ने उनले बताए । नेपाली कांग्रेस र नेकपा एमालेबीच एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्ने सहमति भइसकेको छ ।

त्यस्तै बैठकले संविधानको धारा ७६ को उपधारा २ अनुसारकै सरकार बन्ने र यसमा कुनैपनि संवैधानिक जटिलता नरहेको निष्कर्ष निकालेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । हालै पनि कोशीको नजिरले अब प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि ७६को २ अनुसारकै सरकार बन्ने सर्वोच्चले पनि व्याख्या गरेको बताए।



प्रतिक्रिया दिनुहोस्