Logo

संविधान संशोधनका लागि आयोग बनाउने निर्णय नभएको ओलीको स्पष्टोक्ति, माओवादीले ओठेभक्ति देखाएको आरोप



काठमाडौं, २६ असार । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनका लागि आयोग बनाउने निर्णय नभएको बताएका छन् । आज (बुधबार) पार्टी सचिवाल बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राष्ट्रिय हितको संवर्धन र समृद्ध नेपाल, सुखी नेपाली बनाउनको निम्ती जे आवश्यक हुन्छ त्यो कुरा संशोधन गर्ने सहमति भएको बताएका हुन् ।

‘त्यस्तो कुनै आयोग बनेको छैन । कसैको नेतृत्वमा आयोग बन्ने भन्ने केही पनि भएको छैन । मोटामोटी के भएको हो भने राष्ट्रिय हितको संवर्द्धन गर्नका निम्ती र समृद्ध नेपाल, सुखी नेपाली बनाउनको निम्ती जे आवश्यक हुन्छ, त्यो संशोधन गर्ने हो,’– उनले भने ।

अध्यक्ष ओलीले संघीयता भद्धा भइरहेको बदनाम भइरहेको बताए । उनले बदनामी रोकेर त्यसलाई सफल बनाउन संविधानप्रतिको ओठेभक्ति गाएरमात्रै सम्भव नरहेको बताए । माओवादीले संविधानप्रतिको ओठेभक्ति गाएर व्यवहारमा असफल बनाउन खोजेको उनको आरोप छ ।

संविधान गतिशील दस्ताबेज रहेको बताउँदै उनले समयानुकूले संशोधन र परिमार्जन आवश्यक हुने बताए । उनले अहिले संविधानका कुन–कुन विषय संशोधन गर्ने भन्नेबारे निश्कर्षमा पुग्न बाँकी रहेको उनको भनाइ छ । उनले सरकारमा कुन–कुन दल सहभागी हुने भन्ने कुरा टुङ्गिन बाँकी रहेको बताउँदै मन्त्रालय भागबण्डा पनि हुन बाँकी रहेको बताए । हैसियतका आधारमा कांग्रेस र एमालेले व्यवहार गर्ने उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्