Logo

बाढी, पहिरो प्रभावित नागरिकको जीवन रक्षा गर्न सरकारसँग कांग्रेसको माग



काठमाडौं । नेपाली कांग्रेसले प्राकृतिक प्रकोपबाट उत्पन्न असहज अवस्थामा नागरिकको जीवन सहज बनाउन आवश्यक कार्य गर्न सरकारसँग आग्रह गरेको छ।

बुधबार कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै बाढी, पहिलो प्रभावित नागरिकको जीवन रक्षा, उद्धार र राहतको कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन यथाशीघ्र प्रभावित क्षेत्रमा उद्धार टोली खटाएर थप मानवीय र भौतिक क्षति रोक्न तीन वटै तहका सरकारहरुले आवश्यक समन्वय र ब्यवस्थित योजना साथ सम्पूर्ण रुपले ध्यान केन्द्रीत गर्न आग्रह गरेका छन् ।

‘सम्पर्क विहिनको खोजी तीव्र बनाउन, पीडित परिवारलाई राहत उपलब्ध गराउन, बसोबासको व्यवस्था मिलाउन र घाइतेहरुलाई सम्पूर्ण उपचारको व्यवस्था गरी प्राकृतिक प्रकोपबाट उत्पन्न असहज अवस्थामा नागरिकको जीवन सहज बनाउन आवश्यक कार्य गर्न नेपाली कांग्रेस सरकारसँग आग्रह गर्दछ’ उनले भनेका छन् ।

प्रभावित जिल्लाका नेपाली कांग्रेसले आफ्ना भ्रातृ एवं शुभेच्छुक संस्थाका सबै तहले एक आपसमा समन्वय गरी सम्पूर्ण सांगठनिक संरचनाका साथीहरुलाई परिचालन गरी उद्धार र राहतको कार्यमा सहयोग पु¥याउँदै पहिरो एवं डुबानमा पर्न सक्ने थप जोखिम क्षेत्रको पहिचान गरी उक्त क्षेत्रबाट अन्य सुरक्षित स्थानमा नागरिकको स्थानान्तरण गराउने कार्यमा जुट्न पनि आग्रह गरेको छ ।

प्राकृतिक प्रकोपमा जीवन गुमाएका सबैप्रति नेपाली कांग्रेसले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ ।



प्रतिक्रिया दिनुहोस्