Logo

रविले गृहमन्त्री पद त्याग्नुपर्ने सर्वोच्चको फैसलालाई सम्मान गर्नुपर्छ, पार्टीले छानबिन समिति बनाओस्: मुकुल ढकाल



काठमाडौं,२७ असार । रास्वपाका पूर्व महामन्त्री डा मुकुल ढकालले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पद छाड्नुपर्ने बताएका छन् ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै महामन्त्री ढकालले उनीमाथि छानबिन गर्न पार्टीले पनि समिति बनाउनुपर्ने बताएका छन् । ‘सम्मानीत सर्वोच्च अदालतले भनिसकेको छ । राय बाँझिनु आफ्नो ठाउँमा छ । उहाँले गृहमन्त्री पद त्यागनुपर्छ । विभिन्न आरोपको छानबिन हुनैपर्छ । यसमा रवि लामिछाने क्लबले काम गर्दैन त्यो प्रष्टै छ । तर रास्वपाले भने छानबिन समिति बनाएर उनीमाथि छानबिन गरोस्’ उनले भने ।

ढकालले सभापति लामिछाने पासपोर्ट काण्डमा पनि जोडिएको आरोप लगाए । ‘रवि माथि पासपोर्टको पनि मुद्दा छ । त्यो मुद्दामा पनि पार्टीले छानबिन गरोस् । रविको क्लबल े गर्छ भन्ने आश छैन् । रास्वपाले गर्नुपर्छ’ उनले भने ।

ढकालले रास्वपामा आफूविरुद्ध उर्तान रवि लामिछानेले रमेश प्रसाईं र ज्वाला संग्रौला खटाएको पनि आरोप लगाए । “मैले बोलेको कुरा सभापतिको अनुमति र सहमतिमा बोलेको हो । सरकारको विषयमा नबोल्देउ भनेपछि मैले त्यो कुरा बोलिन । तर, बोलेको कुरा समझदारीमा बोलेको हो सोधेर बोलेको हो,” उनले भने, “मैले पार्टी सभापति रवि लामिछानेविरुद्ध बोलेको छैन । पार्टी जोगाउनु पर्छ भनेको हो । उहाँले ज्वाला संग्रौला र रमेश प्रसाईंलाई परिचालित गरेर, मुकुल ढकाल रवि लामिछानेविरुद्धमा गयो भनेर भाष्य सेट गर्नुभयो ।”



प्रतिक्रिया दिनुहोस्