Logo

ओली नेतृत्वको सरकारको शिक्षा मन्त्रीमा विद्या भट्टराईको प्रवल सम्भावना



काठमाडौं,२७ असार । नेकपा एमालेले पार्टीबाट मन्त्री हुनेहरुको नाम तयार पार्न थालेको छ । बुधबार बसेको सचिवालय बैठकले पार्टीमा महत्वपूर्ण यागदान दिएका, लगातार चुनाव जितेर पनि अवसर नपाएका, काम गर्न सक्ने र परिणाम दिने सांसदलाई मन्त्री बनाउने निर्णय गरेको थियो ।

एमालेले तय गरेको यी मापदण्डका आधारमा मन्त्री छनोट गरे विद्या भट्टराई शिक्षामन्त्री हुने निश्चित देखिन्छ । उनी लगातार प्रत्यक्षतर्फ दोस्रो पटक चुनाव जित्ने एमालेकी एक्ली सांसद हुन् । यसअघि प्रचण्ड नेतृत्वको सरकारमा अवसर नपाएकी उनले यसपटक मन्त्री बन्ने अवसर पाउने एमाले नेताहरु बताउँछन् ।

एमालेको विद्यार्थी राजनीतिबाट आएकी भट्टराई स्वर्गीय रवीन्द्र अधिकारीकी पत्नी हुन् । रवीन्द्रसँग विवाह गरेपछि केही समय राजनीतिबाट टाढिएकी उनी श्रीमानको निधनपछि एमालेको राजनीतिमा जोडिएकी थिईन् । राजनीतिबाट टाढिएकी विद्याले त्रिभुवन विश्वविद्यालयमा अध्यापन गराउँथिन् । रवीन्द्रको विमान दुर्घटनामा ज्यान गएपछि उपनिर्वाचन लड्न उनले स्थायी जागिर छाडेकी थिईन् ।

एमाले विदेश विभागका प्रमुख डा राजन भट्टराईकी सहोदर बहिनीसहेत रहेकी विद्या वौद्धिक नेताको रुपमा चिनिन्छिन् । उनी पीएचडी गरिरहेकी छन् । कास्की २ बाट उनी मंसिरमा सम्पन्न आम निर्वाचनमा दोस्रो पटक लोकप्रिय मतका साथ निर्वाचित भएकी हुन् ।



प्रतिक्रिया दिनुहोस्