Logo

प्रतिपक्ष कमजोर बन्दा कांग्रेस-एमाले सरकार निरङ्कुश बन्न सक्ने शेखरको चिन्ता



काठमाडौं, २७ असार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शशाङ्क कोइरालाले कांग्रेस–नेकपा एमाले मिलेर राष्ट्रिय सरकार बने पनि प्रतिपक्ष कमजोर बन्न नहुने बताएका छन् ।

आज (बिहीबार) विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले प्रतिपक्ष कमजोर भए सत्तापक्ष निरङ्कुश बन्न सक्ने बताए ।

अब बन्ने कांग्रेस–एमाले सरकारको संविधानको अक्षरसः पालना गर्दै त्रुटि सच्याउने पक्षमा जानुपर्ने उनको भनाइ छ । उनले संविधानको मूल मर्ममा कुनै संशोधन नहुने बताए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्