Logo

ओली सरकारमा कांग्रेसका दुवै महामन्त्री नजाने, कसले गर्ला पार्टीबाट नेतृत्व ?



काठमाडौं,२७ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने सरकारमा नेपाली कांग्रेसका दुवै महामन्त्री नजाने भएका छन् ।

कांग्रेसमा गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्री छन् । उनीहरु दुवैले सरकारमा जान त्यति इच्छा नराखेको बताईन्छ । यद्यपी उर्जामन्त्री पाए गगन सरकारको नेतृत्व गरेर जाने पक्षमा नै छन् । तर, बिहीबार झापामा आयोजित कार्यकर्ता भेटघाटमा अर्का महामन्त्री शर्माले भने आफू सरकारमा नजाने बताएका छन् ।‘दुई ठूला दल मिल्दै गर्दा प्रतिपक्ष स्वर कमजोर हुन्छ भन्ने खालको वौद्धिक सर्कलको चासो र चिन्ता पनि छ,’ शर्माले अगुवा कार्यकर्ता भेलामा भने, ‘प्रतिपक्ष स्वर कमजोर हुन नदिन पनि सरकारमा म जान हुन्न ।’

यता थापाले पनि आजै विराटनगरमा आयोजित कार्यक्रममा आफू पनि सरकारमा जान इच्छुक नरहेको र काम गर्न सक्नेलाई पठाउने बताएका छन् । उनले आफू नगए काठमाडौं ५ का सांसद प्रदीप पौडेल र समानुपातिक सांसद प्रतिमा गौतमलाई सिफारिस गर्ने तयारी गरेका छन् ।

यता महामन्त्रीद्धय थापा र शर्मा सरकारमा नगएको खण्डमा कांग्रेसबाट पूर्व महामन्त्री प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा मन्त्री पठाउने कांग्रेसको तयारी छट । उनी गृह नपाए रक्षामन्त्री पनि बन्न तयार रहेको स्रोतको भनाइ छ ।

१७ असारमा कांग्रेस र एमाले बीच ओलीको नेतृत्वमा सरकार बनाउने सहमति बनेको थियो । दुई दलबीचच मन्त्रालयको भागबण्डा भने टुंगिएको छैन । कांग्रेसबाट नेतृत्व गरेर सरकारमा जाने व्यक्तिहरुका बारेमा चर्चा भइरहे पनि टुंगो भने लागिसकेको छैन ।



प्रतिक्रिया दिनुहोस्