Logo

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने राप्रपाको निर्णय



काठमाडौं,२७ असोज । राप्रपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ ।

आज बसेको संसदीय दलको बैठकले दाहालको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । त्यस्तै पार्टीले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने सरकारमा जाने नजानेबारे पछि निर्णय लिने भएको छ । नयाँ सरकारले उठाउने एजेण्डालाई हेरेर निर्णय गर्ने राप्रपाले जनाएको छ ।

असार १७ को मध्यरातमा नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउने निर्णय गरेपछि प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको हो । सोही निर्णय बमोजिम असार १९ मा एमालेले सरकार छाडेको थियो । त्यसपश्चात् संविधानको धारा १०० को उपधारा २ बमोजिम प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने निर्णय गरेका हुन् । उनले शुक्रबार पाँचौँपटक विश्वासको मत फेस गर्दै छन् ।



प्रतिक्रिया दिनुहोस्