Logo

जनमतले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने, कांग्रेस-एमाले गठबन्धनलाई समर्थन गर्ने



काठमाडौँ, २७ असार । जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने भएको छ । पार्टीको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको सो पार्टीका प्रवक्ता डा.शरदसिंह यादवले जानकारी दिए ।

प्रधानमन्त्री दाहालले भोलि प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यसूची छ । जनमत पार्टीको प्रतिनिधि सभामा छ सांसद छन् । जनमतले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच भएको समझदारीअनुरुप नयाँ गठन हुने सरकारलाई समर्थन गर्ने समेत निर्णय पनि गरेको छ ।

‘प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारलाई हामी विश्वासको मत दिदैनौँ । अब बन्ने नयाँ गठबन्धनलाई समर्थन गरेर जाने निर्णय भएको छ,’– उनले भने ।

उनले कांग्रेस र एमालेबीचको नयाँ गठबन्धनले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वको सरकारलाई स्वीकार गरेकाले नयाँ बन्ने सङ्घीय सरकारको नेतृत्वलाई स्वीकार्ने निर्णय भएको बताए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्