Logo

ओली र देउवालाई निशानामा राखेर सदनमा प्रचण्डको आक्रोशपूर्ण सम्बोधन (पूर्णपाठसहित)



काठमाडौं,२८ असार । प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत मागेका छन् । संविधानको धारा १०० को उपधारा २ अनुसार दाहालले विश्वासको मत मागेका हुन् ।

सत्तारुढ दल एमाले र जसपाले सरकार छाडेपछि प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।

असार १७ गते नेपाली कांग्रेस र एमालेका बीचमा राष्ट्रिय सहमतिको सरकार बनाउने समझदारी भएको थियो। उनीहरूबीच आलोपालो सरकारको नेतृत्व गर्ने विषयमा सहमति भएको थियो ।

दुई ठूला दलबीच नयाँ सरकार बनाउने विषयमा सहमति भएपछि सरकारमा रहेका एमाले, जनता समाजवादी पार्टीका मन्त्रीहरूले समर्थन फिर्ता लिँदै राजीनामा दिएका थिए। सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले आज विश्वासको मत लिन लागेका हुन्।

सदनबाट विश्वासको मत माग्दै प्रचण्डले सरकारले थालेको सुशासनको कामबाट डराएर नयाँ समीकरण बनेको आरोप लगाएका छ्न । उनले दुई दल सरकारको सुशासनको डरले एक ठाउँमा आएको जिकिर गरे ।

दाहालले दुई ठूला दललाई अरु कसैले मिलाएको दाबी गरे । ‘एमाले र कांग्रेसलाई अरु कसैले मिलाएको प्रष्ट छ । मध्यरातमा भएको सहमतिमै त्यो देखिन्छ । दुई दललाई अरु कसैले मिलाएको हो । आफैँ होईन्’ उनले भने ।

प्रचण्डले सदनमा रहेका दुई ठूला दलहरु नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार चलाउँदा सदन निरंकुशतातर्फ जाने दाबी गरे । उनले दुई ठूला दलको सत्ता यात्राले देशलाई प्रतिगमनतर्फ लैजान खाजेको आरोपसमेत लगाए ।

यस्तो छ सदनमा प्रचण्डको सम्बोधन



प्रतिक्रिया दिनुहोस्