Logo

प्रचण्डको १ घण्टा २२ मिनेटको भाषण प्रधानमन्त्रीको रुपमा अन्तिम हो कि जस्तो लाग्यो: योगेश भट्टराई



काठमाडौं,२८ असार । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले प्रधानमन्त्रीको रुपमा पुष्पकमल दाहाल प्रचण्डले सदनमा गरेको भाषण अन्तिमजस्तो लागेको टिप्पणी गरेका छन् ।

शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री दाहालले राखेको विश्वासको मतमाथिको प्रस्तावमा भाग लिँदै पूर्व मन्त्रीसमेत रहेका भट्टराईले १ घण्टा २२ मिनेटसम्म सदनमा प्रचण्डले अनावश्यक भाषण गरेको टिप्पणी गरे । उनले दुई ठूला दल मिलेर राजनीतिक स्थिरताका लागि सरकार बनाउन लागेको प्रष्ट पारे ।

उनले भने, ‘उहाँको भाषण सुन्दा सायद प्रधानमन्त्रीको हैसियतले संसदको रोष्ट्रममा भाषण गर्ने दिन फर्किँदैन कि भन्ने ढंगले प्रस्तुत हुनुभयो । त्यसैले होला थुप्रै आक्रोश पोख्नुभयो । गलत सूचना दिनुभयो । सम्भवतः यहाँ बोलेका प्रश्नहरुको जवाफदेहिता आजमात्रै सीमित हुँदैन । उहाँ बाचुञ्जेलसम्म दिनुपर्छ भन्ने बुझेर बोलेको भए हुन्थ्यो ।’

स्थायी सरकार, देशमा रोजगारी सिर्जना, नेपाली विदेश जान नपर्ने अवस्था सिर्जना गर्न दुई पार्टीको गठबन्धन आवश्यक रहेको उल्लेख गरे । उनले संसद्का दुई ठुला दलमध्ये एउटा सरकारमा र एउटा प्रतिपक्षमा रहने चलन भए पनि कांग्रेस एमालेको सहकार्यबाट नै देशमा ठुला परिवर्तन भएको दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्