Logo

गृहमन्त्री लामिछानेको गुनासोः प्रमाणविना नै म सदन र सडकमा सहकारी ठग भनेर चिनिएँ



काठमाडौं, २८ असार । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रमाण र आधारविना नै आफूलाई सहकारी ठग बनाइएको भन्दै आपत्ति जनाएका छन् । आज (शुक्रबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले अब आफूलाई ठग प्रमाणित गर्न चूनौति दिए ।

‘आधार, प्रमाण, मुद्दा, उजुरी केही पनि भएको केसमा म सदन र सडकमा सहकारी ठग भनेर चिनिएँ । प्रमाण नै प्रमाण, बजारभरी छताछुल्ल भएको केसमा थाहा छैन अब बन्ने सरकारले कसरी मुद्दा अगाडि बढाउँछ हेर्न बाँकी छ । हामी यही सदनमा बसेर हेर्छौं,’– उनले भने ।

कांग्रेस नेता रमेश लेखकलाई आगामी सम्भावित गृहमन्त्रीको रुपमा लिँदै उनले बाँसबारी छालाजुत्ता कारखानाको जग्गा फिर्ता ल्याउने कुरालाई स्टण्ट भनेकोमा आपत्ति जनाए । उनले लेखकलाई यस्तै स्टण्ट गर्न आग्रह गरे । Photo by: Mukunda Kalikote/Reporters Nepal



प्रतिक्रिया दिनुहोस्