Logo

पहिलो चरणमा केपी ओलीलाई प्रधानमन्त्री बनाउन कांग्रेस प्रतिवद्ध छः प्रकाशशरण महत



काठमाडौं, २८ असार । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्व अर्थमन्त्री प्रकाशशरण महतले पहिलो चरणमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समर्थन गर्नेमा आफूहरु प्रतिवद्ध रहेको बताएका छन् ।

आज (शुक्रबार) प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले एमाले–कांग्रेसबीच भएको सहमतिमा आफूहरु प्रतिवद्ध रहेको बताएका हुन् । उनले सोही प्रस्ताव राष्ट्रपतिसमक्ष पडाइने समेत जानकारी गराए ।

‘अहिले पहिलो चरणमा ओलीजीलाई समर्थन गर्ने भनेका छौं । यसमा हामी प्रतिवद्ध छौं । त्यहीअनुसार हाम्रो प्रस्ताव राष्ट्रपति कहाँ जान्छ,’– उनले भने ।

संसद् सचिवालयले राष्ट्रपति कार्यालयमा आजको बैठकको निर्णय पठाएसँग राष्ट्रपति समक्ष सरकार गठनका लागि दाबी पेश गरिने बताए ।



प्रतिक्रिया दिनुहोस्