Logo

प्रधानमन्त्री बनेलगत्तै ‌ओलीलाई रञ्जिताको बधाई



काठमाडौं,३० असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्री पदमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् ।

प्रचण्ड नेतृत्वको सरकार ढलेसँगै राष्ट्रपतिले शुक्रबार साँझ नयाँ सरकार गठनका लागि आइतबार बेलुका ५ बजेसम्मको समय दिएर आह्वान गरेका थिए । सो आह्वानलगत्तै ओलीले राष्ट्रपति भवन शीतल निवासमा १६६ सांसदको समर्थनमा शुक्रबार राति नै प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए ।

नवनियुक्त प्रधानमन्त्री ओलीले सोमबार बिहान ११ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा पद तथा गोपनीयताको शपथ लिनेछन् ।

यसैबीच अ‍ोली प्रधानमन्त्री नियुक्त भएलगत्तै नागरिक उन्मुक्ति पार्टीकी नेतृ तथा पूर्वमन्त्री रञ्जिता श्रेष्ठले बधाई दिएकी छन् । अ‍ोलीलाई भेटेर पूर्वैमन्त्री श्रेष्ठले बधाई दिएका हुन् । रञ्जिता ओली सरकारमा मन्त्री बन्नसक्ने सम्भावित पात्र हुन् । यद्यपी उनको दल नाउपाले अरुण चौधरीलाई मन्त्रीमा पठाउने यसअघिनै निर्णय गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्