Logo

गतिलो मन्त्रालय पाएपछि लोसपाबाट शरतसिंह भण्डारी आफैँ मन्त्री बन्ने



काठमाडौं,३१ असार । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट शरतसिंह भण्डारी श्रममन्त्री बन्ने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सपथसँगै मन्त्रिपरिषद् गठनको तयारी गरेका छन् । कांग्रेस र एमालेका साथै लोसपा र जसपालाई पनि सरकारमा समेट्ने उनको तयारी छ । लोसपाबाट भण्डारी श्रम मन्त्री बन्ने छन् ।

उनी गत फागुनसम्म प्रचण्ड नेतृत्वको सरकारमा श्रममन्त्री थिए । प्रचण्डले कांग्रेस छाडेर एमालेसँग गठबन्धन गरेपछि उनी हटे । त्यसपछि रास्वपाका उपसभापति डीपी अर्याल करिव ४ महिना श्रममन्त्री बनेका थिए ।

लोसपाको संसदमा चार सांसद छन् । यसअघि लोसपाको भागमा खानेपानी मन्त्रालय पर्ने कुरा थियो । त्यसो हुँदा रामप्रकाश चौधरीलाई पठाउने तयारी भएपनि श्रम मन्त्रालय परेपछि भण्डारी आफैं अघि सरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्