Logo

अत्याधिक गाँजा सेवन गरेर मुकुल ढकाल बर्वाराएको रमेश प्रसाईँको आरोप



काठमाडौं, ३१ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सह–प्रवक्ता रमेश प्रसाईँले पार्टीबाट निस्काशित महामन्त्री डा.मुकुल ढकालले अत्याधिक गाँजा सेवन गरेर बर्वाराइरहेको टिप्पणी गरेका छन् । मुकुल ढकालले टीकाराम यात्रीसँगको अन्तरवार्तामा पार्टी सभापति रवि लामिछाने र उपसभापति डा. स्वर्णिम वाग्लेबारे बोलेको आपत्तिजनक अभिव्यक्तिलाई लिएर प्रसाईँले टिप्पणी गरेका हुन् । मुकुल एमालेबाट परिचालित भएको भनेर पार्टीका नेताहरुले आरोप लगाएको पनि उनले बताए । तर, आफू भने मुकुलमा पुरानो रोग बल्झिएको निश्कर्ष निकालेको उनको भनाइ छ । उनले डा. मुकुललाई आफ्नो उपचार गराउनसमेत सुझाव दिएका छन् ।

‘तिमीलाई नै थाहा छैन, तिमी के बर्वराउँदैछौं ? तिमी कति भयानक अपराध गर्दैैछौं ? आफैंले डिजाइन गरेको घरमा कसरी आगो लगाउँदैछौ तिमी भन्ने कुरा तिमीलाई नै थाहा छैन । कतिपयले मलाई भन्छन्, हाम्रै साथीहरुले पनि भन्छन्, यो मान्छे परिचालित हो, एमालेसँग बिक्यो । पार्टी सभापतिलाई मिडियामा बुझाउनुभन्दा अघि एमालेको एक जना नेतासँग एभरेष्ट होटलमा ३ घण्टासम्म बसेको सूचना हामीलाई प्राप्त भएको छ ।’ प्रसाईँले भिडिओ सन्देशमार्फत भनेका छन्, ‘साथीहरु भन्छन्– यो मान्छे परिचालित भयो । म भन्छु– तिमी परिचालित भएको होईन, तिमी विरामी भएको हो । सायद तिम्रो पुरानो रोग बल्झिएको छ । त्यसमा गाँजाको अत्याधिक सेवन मिसिएर तिम्रो दिमागसँग खेलिरहेको छ । अनि तिमी खेल्न दिइरहेका छौं । तिमीलाई थाहा छैन तिमी के बर्बराइरहेका छौं ?’



प्रतिक्रिया दिनुहोस्