Logo

विद्या भट्टराई: त्रिविको उपप्राध्यापकदेखि शिक्षामन्त्रीको कुर्सीसम्म



काठमाडौं,३१ असार । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सोमबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनीयताको शपथ लिएलगत्तै ओलीले २२ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

ओलीले सत्ता साझेदार दल नेपाली कांग्रेसका १०, एमालेका ८, जसपाका २ र लोसपाका १ गरि २१ जना मन्त्री नियुक्त गरेका हुन् । ओलीले आफ्नो दल एमालेबाट ८ जनालाई मन्त्री बनाउँदा लगातार दोस्रो पटक प्रत्यक्षतर्फ चुनाव जित्ने विद्या भट्टराई शिक्षामन्त्री बनेकी छन् ।

शिक्षामन्त्रीमा नियुक्त भएकी भट्टराई स्वर्गीय रवीन्द्र अधिकारीकी धर्मपत्नी हुन् । ०७५ साल फागुन १५ गते हेलिकप्टर दुर्घटनामा परेर तत्कालीन पर्यटनमन्त्री रहेकाअधिकारीको निधन भएपछि भएको उपनिर्वाचनमा उनी कास्की २बाट सांसद चुनिएकी थिईन् ।

सक्रिय राजनीतिमा आउनुपूर्व विद्या त्रिभुवन विश्वविद्यालयमा उपप्राध्यापकको भूमिकामा थिइन् । सांसदको रूपमा उनले प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा सक्रिय भूमिका निर्वाह गरेकी थिइन् । विश्वविद्यालयमा करिअर बनाएकी विद्याले शिक्षा मन्त्रालयको जिम्मा पाएकी हुन् ।

त्यासोत विद्या रवीन्द्रसँग बिवाह हुनुअघि लामो समय एमालेको विद्यार्थी राजनीतिमा आवद्ध थिईन् । अनेरास्ववियुकोमहिला विभाग प्रमुखबाट बिदा भएर केही समय अनेमसंघको राजनीति गरेकी उनी रवीन्द्रसँग बिवाह भएपछि सक्रिय राजनीति छाडेर गृहणीसँगै शिक्षण्ण पेशामा आवद्ध भईन् । एमाले विदेशविभाग प्रमुख डा राजन भट्टराईकी सहोदर बहिनीसमेत रहेकी भट्टराई गत ०७९ सालको आम निर्वाचनमा पनि कास्की २ बाटै लगातार दोस्रो पटक सांसद निर्वाचित भएकी थिईन् ।

विद्यालाई ०७९ पुस १० मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा शिक्षा मन्त्री बन्ने चर्चा थियो । तर,अनुभव नभएको भन्दै त्यतिबेला मन्त्री बन्न मानेकी थिईन्न ।



प्रतिक्रिया दिनुहोस्